‘होस्टेल’प्रदर्शनको अघिल्लो दिन अडियो सार्बजनिक


hostel-audio
(सेलिब्रेटी नेपाल) १३ भाद्र-गत बर्ष चलचित्र ‘सायद’ बनायर सफल निर्माताका रुपमा चिनिएका निर्माता सुनिल रावलको चलचित्र ‘होस्टेल’ भोलि भाद्र १४ गते बाट अल नेपाल रिलिज हुँदै छ रिलिजको पूर्व सन्ध्यामा आज एक कार्यक्रमका बीच चलचित्रको अडियो सार्बजनिक गरिएको छ।

चर्चित नायक भूवन केसी, निर्देशक शोभित बस्नेत, चलचित्रका निर्माता सुनिल रावलका पिता नरबहादुर रावल, चलचित्र निर्माता संघका महासचिव केशव भट्टराई, त्रिचन्द्र कलेजका स्ववियू सभापति विनय भट्ट, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी लगायतले अडियो बिमोचन गरेका हुन् ।

रीयाज म्यूजिकले बजारमा ल्याएको चलचित्रको गीतमा स्याडोज ब्याण्डका स्वप्निल शर्मा, विवश पौडेल,चिण्टु रिमालले संगीत दिएका छन्।चलचित्रमा होस्टेल जीवनको कथालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ। चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् । चलचित्र होस्टेल संगै प्रशान्त गिरीको चलचित्र ‘बाउन्सर’ पनि भोलि देखि नै रिलिज हुँदै छ।

Copyright © 2012 - 2026 | All Right Reserved.