सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध



काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।

पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको हो । अनुमति लिएर मिडिया तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न फोटो, भिडियो खिच्न भने रोक लगाइएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.