ओस्कारमा छानियो सुनगाभा ! निर्णय विरुद्ध सुप्रिम कोर्टमा रिट


sungava (सेलिब्रेटी नेपाल) ८ भाद्र-विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनौट समितिले आउदो फाल्गुन २८मा अमेरिकाको लसएन्जलसमा हुन गईरहेको ८६औँ ओस्कार अवार्डमा सहभागिताका लागि नेपालको तर्फबाट चलचित्र सुनगाभालाई सिफारिस गरेको छ। समलिङ्गी महिलाको कथा बोकेको ‘सुनगाभा’ सहित अन्तिम प्रतिष्पर्धामा बधशाला, ‘शिरिषको फूल’ र ‘साँघुरो’ थिए जस मध्ये सुनगाभालाई जुरीले ओस्कार प्रतिष्पर्धाका लागि छनौट गरेका हुन्।

छनोट समितीका अध्यक्ष बिमल पौडेलले जारी गरेको विज्ञप्तीमा ओस्कारका लागि सुनगाभालाई छनोट गर्ने निर्णय गरिएको जानकारी दिइएको छ। छनोट समितीमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राज विक्रम थापा र लोकेन्द्र पराजुली छन् ।नेपालबाट प्रतिनिधत्व गर्ने चलचित्रले सबैभन्दा पहिला ओस्कारको मुख्य छनौट समितीमा आफूलाई उभ्याउनु पर्नेछ। यसपश्चात छनोट भएको खण्डमा चलचित्र सुनगाभा ८६ औ ओस्कार अवार्डको विदेशी भाषा पुरस्कारका लागि प्रतिस्पर्धामा उत्रनेछ। सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्रमा निशा अधिकारी र दिया मास्के मुख्य भूमिकामा छन्। चलचित्रमा यि दुई नायिका समलिङ्गी भूमिकामा देखिएका छन्।

यता’बधशाला’ निर्माण गरेको कम्पनी स्म्यासिङ एप्पलले सिफारिस प्रक्रिया चित्तबुझदो नभएको भन्दै सुप्रिम कोर्टमा आउदो आईतबार रिट दायर गर्ने जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.