सेतो बाघ लाई अब सिनेमा घरमा र कोठामा बसेर हेर्न पाइने


seto-bagha-nir-shah
(सेलिब्रेटी नेपाल) ६ भाद्र -कलाकार तथा निर्देशक निर शाहले तीन साहित्यिक कृतिमा आधारित वासुदेव, वसन्ती र मसान चलचित्र बनाइसकेका छन्। ध्रुवचन्द्र गौतमको उपन्यास‘कट्टेल सरको चोटपटक’माथि शाहले बनाएको ‘वासुदेव’लाई नेपालको पहिलो कला सिनेमाका रुपमा चर्चा गरिन्छ। मसान भने गोपालप्रसाद रिमालको चर्चित नाटक हो।

अब निर शाहले साहित्यकार डायमनशमशेरको सर्वाधिक चर्चित उपन्यास ‘सेतो बाघ’मा आधारित सिरियल तथा ठुलो पर्दाको चलचित्र बनाउने भएका छन् ऐतिहासिक विषयवस्तु भएको डायमनशमशेरको अर्को उपन्यास ‘वसन्ती’माथि पनि शाहले नै चलचित्र बनाएका हुन्। ‘वसन्ती’लाई पर्दामा हेरेपछि डायमनशमशेरले नै शाहलाई ‘सेतो बाघ’ बनाउन अनुमति दिएका थिए ।ठूलो पर्दामा ‘वसन्ती’ बनाएका शाहले ‘सेतो बाघ’ ठूलो र सानो दुवै पर्दामा उतार्नेछन्। ‘सेतो बाघलाई ठुलो पर्दाको चलचित्र र सिरियल दुवै बनाउने हो, तीन घण्टाको चलचित्र र १ सय ५ एपिसोडको सिरियल हुनेछ,’शाहले जानकारी दिए ।

‘वसन्ती’सँगै ‘सेतो बाघ’लाई पनि सिनेमामा उतार्ने भनेर शाहले डायमन शमशेरसँग प्रतिलिपि अधिकार लिएका थिए । सिरियल मकालु टेलिभिजनबाट प्रसारण हुनेछ ।शाहका अनुसार ‘सेतो बाघ’मा ऐतिहासिक विषयवस्तु, प्रेम र दुश्मनीका कहानी, र सत्ताको लागि राणाभाइहरूबीच भएको षड्यन्त्रको कथा छन्।‘त्यसैले चलचित्र राम्रो हुने देखेर यसलाई चलचित्रमा उतार्ने सोच बनाएको’ शाहले बताए। विश्वका थुप्रै भाषामा अनुवाद भइसकेको ‘सेतो बाघ’ले प्रतिष्ठित मदन पुरस्कारसमेत पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.