बलिउड नायिका श्रीदेवी आमा छोरीकै चर्चा


shree-devi-daughter-janwi

बलिउड नायिका श्रीदेवी लाई नचिन्ने कमै होलान् । भर्खरै ५०औं जन्म दिन मनाएकी सदाबहार नायिका श्रीदेवी बलिउडमा सर्वाधिक सफल नायिकामा पर्दछिन्।गत वर्षको सफल चलचित्र इंगलिस भिंगलिसको अभिनयबाट निकै प्रशंसित बनेकी श्रीदेवीको चर्चा सधै हुने गरेको छ । ५० औं जन्मदिन मनाएकी चर्चा यसपटक दोब्बर भएको छ, १६ वर्षकी छोरी जान्ह्वी कपुरका कारण । सार्वजनिक रुपमा आमासँगै देखिन थालेकी जान्ह्वी कपुरको सौन्दर्यताको चर्चाले बलिउड तातेको छ ।

janwi-shree-devi-daughter

अहिलेसम्म सञ्चार माध्यममा सार्वजनिक नभएकी जान्ह्वीले आमाको जन्मदिनको अवसरमा खिचिएका फोटोहरु उनको फेसबुक पेजमा पनि राखेकी छन् ।सार्वजनिक भएसँगै उनको बलिउड प्रवेशका विषयमा चर्चा व्यापक चलेको छ । विभिन्न निर्माता निर्देशकहरु उनलाई डेब्यु गराउन लालायित रहेपनि परिवारले कुनै निर्णय भने लिइसकेको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.