(सेलिब्रेटी नेपाल) ३ भाद्र-ट्राफिक जना चेतना जगाउने सद्भावना दुत बनेका सेलिब्रेटी दिपकराज गिरि र दिपपा श्री निरौला मापसे कारबाहीमा परेर आफ्नो लाइसेन्स र बिल बुक झिक्न गएका छैनन् सुन्दा पनि कस्तो नमजा मापसे (मादक पदार्थ सेवन) जाँचमा समातिएका सेलेव्रिटीहरु उनि हरु मात्र होइनन भुवन केसी, छविराज ओझा, पनि अहिलेसम्म लाइसेन्स र सवारी धनी पत्र लिन प्रहरीकहाँ गएका छैनन्। ट्राफिक प्रहरीले ६ महिनादेखि उनीहरुको लाइसेन्स र ब्लुबुक आफूसँग रहेको जनाएको छ। जाँड पिएर सवारी हाँकिरहेको बेला प्रहरीको मापसे जाँचमा यी सेलिब्रेटी कार्वाहीमा परेका थिए । ट्राफिक प्रहरीका डीआइजी केशव अधिकारीले अहिलेसम्म ती कलाकार र निर्माता खोसिएको लाइसेन्स लिन नआएको बताए ।’सेलिब्रेटीको नाताले उहाँहरु संवेदनशिल हुनुपर्ने हो’ अधिकारीले भने, ‘समाजमा प्रतिष्ठित व्यक्तिले मापसेको कार्वाही प्रक्रिया पुरा गरी लैजानु नै उपयुक्त हुन्छ।’