निश्चलको चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक



काठमाडौं। निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको बिहीबार इन्टरनेटमा सार्वजनिक टिजरमा जनता र शक्तिबीचको रस्साकस्सीलाई देखाइएको छ ।

अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’मा रहेको टिजरमा दृश्यको समीकरण र ब्याकग्राउन्ड स्कोर दमदार छ । आगामी तिहारको छेको पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय छ ।

सिनेमा आर्टस र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण रहेको चलचित्रमा आकाश बरालको लेखन छ । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । ‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किएका हुन् । चलचित्र ‘लुट २’पछि उनी निर्देशनबाट टाढा रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.