पुनम पाण्डे अब फेरी नयाँ अवतारमा


poonam-pandey-new
आफ्नो बलिउड डेब्यु चलचित्र ‘नशा’मा सेक्सी शिक्षीकाको भूमिका निभाएकी नायीका पुनम पाण्डे अब फेरी नयाँ अवतारमा देखिने भएकी छीन्। उनले अभिनय गर्न लागेको नयाँ चलचित्रमा उनको भुमिका अनुसारको फोटोशुट गराएकी पुनमको केही तस्विरहरू सार्वजनिक भएका छन्। उक्त तस्विरमा उनलाई निकै फरक भुमिकामा देखिएको छ।

पुनम आफ्नो नयाँ लुकका बारेमा भन्छिन्,’जिनत अमान र स्मिता पटेलद्धारा निभाइएको भूमिकाले मलाई सँधै नै आकर्षित गरेको छ। उनीहरू साडीमा निकै राम्रा तथा सेक्सी देखीन्छन्। म पनि भातीय सुन्दरीको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु र यसका लागी चलचित्रमा यस्तै भूमिका गर्ने इच्छा छ।’

नशाका स्क्रिप्ट लेखकले पुनमको नयाँ अवतारको बारेमा भनेका छन्,’नशापछी पूनमको व्यक्तित्वलाई ध्यानमा राखेर एउटा कथा लेखेको छु। कुराकानीका क्रममा पुनममा केही राम्रा पक्षहरु देखे र उक्त भूमिकामा पूनम फिट हुने आफुले देखेको र पुनमलाई यो भुमिकाले नयाँ पहिचान दिनेछ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.