चलचित्र ‘अदृश्य’को पहिलो गीत सार्वजनिक



काठमाडौँ। आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । बिशाल पौडेलको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा संगीतकार पौडल र सिमा संग्रौलाको स्वर सुन्न सकिन्छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्रमा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री चलचित्रका सह-निर्माता हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको छ। चलचित्रका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ भने डिजिटल राइट डिएआर मुभिजले खरिद गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.