अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या



काठमाडौँ। अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् ।

घरको भर्‍याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

चलचित्र रानीबाट अभिनय करिअर थालेका सारुकले मेरी मामु र इन्टु मिन्टु लण्डनमा लगायत चलचित्र मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४० प्रतिशत मात्र छायांकन सकिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.