‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ लाई दोश्रो हप्तामा दर्शकको राम्रो साथ



काठमाडौँ। असार ८ गतेबाट प्रदर्शनमा आएको ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ दोश्रो हप्तामा प्रदर्शन भई रहेको छ । निर्देशक प्रदीप शाहीको अनुसार चलचित्र ‘अन्तिम संस्कार’ले पहिलो हप्ता भन्दा दोश्रो हप्ता दर्शकको राम्रो साथ पाईरहेको छ। कलेजका बिद्यार्थीहरुले शोज नै बुक गर्दै चलचित्र हेर्न हलमा पुगेका छन्। निर्देशक शाही आफ्नो टार्गेट दर्शकहरुले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिएकोमा खुसि छन्। ”फिल्मको कथा बुझाउने निर्देशकको आफ्नो शैली हुन्छ त्यसलाई सबै दर्शकले मन पराउनु हुन्छ भन्ने हुँदैन,मेरो टार्गेट दर्शकले चलचित्र मन पराउनु भएको छ” निर्देशक शाहीले भने। गत शनिवार चलचित्रको बिसेष शोको आयोजना गरिएको थियो उक्त शोमा फिल्म हेर्ने धेरै सेलिब्रेटीहरुले निर्देशकको कामको खुलेर तारिफ गरेका थिए।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

नेपालमा विदेशी फिल्मको वितरण गर्दै आएको कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशव्यापी वितरण गर्नेछ । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । एक हत्या घटनाको रहस्यको वरपर कथा बुनिएको छ । चलचित्रमा विजय लामा,दीया पुन,रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई,पासाङ्ग लामा,बिकाश अधिकारी,सरोज खालिङ्ग राइ,सस्मिता गिरी,दिग्गज खत्री,सरोज कुमाल,धर्मानन्द आचार्य लगाएतको अभिनय रहेको छ। बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.