नवलको चलचित्र ‘काँडेतार’ लाइ दश लाख पुरस्कार



काठमाडौँ। नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस्‌ प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत रु. दश लाख (१०,००,०००) नेपाल सरकारका सूचना तथा संचार प्रबिधि मन्त्री माननीय रेखा शर्मा मार्फत अभिनेता तथा निर्माता नवल खड्कालाइ प्रदान गरिएको छ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी चलचित्रको प्रबर्द्धन भएको नायक तथा निर्माता खड्का बताउछन् । उक्त अवसरमा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष श्री दयाराम दाहाल, वर्तमान अध्यक्ष भुवन केशी, निवर्तमान तथा वर्तमान बोर्ड सदस्यहरु र स्टोरी बैंकका छनोट समितिका सबैलाई अभिनेता खड्काले कृतज्ञता ब्यक्त गरेका छन्।

चलचित्रमा नवल खड्का,गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि अभिनय छ । सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । किको राई, अञ्जु केसी र नवल खड्का निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सत्यकला राई हुन् । ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.