छिनछिनमै ट्विट गर्नमा बलिउड नायिका पुनम पाण्डे निकै खप्पिस छिन्। तर लोकप्रियताको हिसाबले सन्नी लियोन पुनमभन्दा पाँच गुणाले अगाडि छिन्।कामुकता र नग्नतामा उत्तिकै खुल्दै आएका उनीहरु दुवैको फलोअर्स संख्या भने लगभग उत्ति नै छ। यी दुवैको लोकप्रियताका मापदण्डको आधार भने ट्विटर नभएर बक्स अफिसको हो।
पुनम र सन्नीबीचको लोकप्रियतलाई बक्स अफिसले यति धेरैको फरक प्रमाणित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।बक्स अफिसमा सन्नी पुनमभन्दा पाँच गुणाले बढी लोकप्रिय रहेको समाचारमा जनाइएको छ। बक्स अफिसमा पुनमको भन्दा सन्नीको टिकेट दर्शकले पाँच गुणा बढी खरिद गरेको रिपोर्ट भारतीय सञ्चारमाध्यमको छ।