५८०० मिटर अग्लो स्थानमा कल्चरल नृत्य गरेर विश्व किर्तिमान



काठमाडौँ। आधुनिक शैलीमा भाषा धर्म र संस्कृतको जगेर्ना भन्ने उदेश्यले स्थापना भएको शेर्पा ईभेन्ट अर्गनाइजर नामक सामाजिक संस्थाले मिती २०७८ साल कार्तिक २ गते पिकहरु मध्येकै सुन्दर र अग्लो मेरा पिक हाइक्याम्पमा ५८०० मिटर अग्लो स्थानमा आयोजना गरिएको THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रममा सहभागी सम्पुर्ण कलाकार सदस्यलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनले यही मिती २०८० साल जेष्ठ १३ गते शनिवार आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेकाे छ । सोलुखुम्बु जिल्ला महाकुलुङ गाउपालिकामा अबस्थित मेरा पिक 6476 मिटर अग्लो हिमालमा अवस्थित 5800 meter (19,028.87 ft) High camp मा छायाँङ्कन गरिएको हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सर्बजनिक गरिएको छ आफ्नै मौलिक पहिचानको गीत संगीत श्यब्रु नृत्य कार्यक्रम आयोजना गरी वर्ल्ड बुक अफ रेकर्डस्मा नाम दर्ता गराउन उनी सफल भएकाे छ ।

म्युजिक भिडियोको छायांकनका लागि काठमाडौँबाट १५ जना युवा सोलुखुम्बुको महाकुलुङ गाउँपालिमा कार्तिक २३ गते पुगेका थिए । उक्त परियोजनामा ७ जिल्लाका १५ जना युवाहरु सहभागी भएकोमा सोलुधुकुन्डा नगरपालिका–२ मोपुङ, सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरि फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.