प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक



काठमाडौँ। आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ । लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको चलचित्र साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ चलचित्र ‘अन्तिम संस्कार’ मा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ ।

चलचित्र मा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्रलाइ एप्पल इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.