नेपाल चलचित्र संघको ४८ औं साधारण सभा सम्पन्न



काठमाडौं। नेपाल चलचित्र संघको ४८ औं साधारण सभा राजधानी काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभामा नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई समेत दिइएको छ। कार्यक्रमको प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली चलचित्र क्षेत्रको विकास प्रवद्र्धनका लागि के कस्तो कार्य भइरहेको छ भन्ने कुराको समीक्षा हुन आवश्यक भएको बताएका छन् । बुधवार काठमाडौंमा नेपाल चलचित्र संघद्वारा आयोजित चलचित्र उद्योगका नवनिर्वाचित विभिन्न संघ संस्थाका कार्यसमितिलाई वधाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले चलचित्र क्षेत्रमा महिला प्रवर्द्धन गर्नुपर्ने र नीतिगत रूपमा समस्याको पहिचान गरी त्यसको समाधान गर्नुपर्ने बताएकी हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,प्रदेश सांसद रोज राणा,बरिस्ट अभिनेत्री बसुन्धरा भुषाल,चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघ लगायतका नव निर्वाचित कार्यसमितीलाई चलचित्र संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.