चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आयो: मन्त्री शर्मा



काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताउनुुभएको छ ।नेपाली चलचित्र उद्योगका विभिन्न संघ संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुुभकामना आदान प्रदान गर्न नेपाल चलचित्र निर्माता संघले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको हो ”चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रभावको माध्यम पनि हो, मन्त्री शर्माले भन्नुुभयो–‘‘त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनुु आवश्यक छ ।”

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छु भने राजीनामा दिन तयार रहेको बताए । चलचित्र क्षेत्रको लागि नियम बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेको कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको बताएका केसीले त्यसको पहलका लागि साथ दिन चलचित्र सम्बन्धित सबै संघसंस्थालाई अनुरोध समेत गरे ।

कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मा, विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघ लगायतका नव निर्वाचित कार्यसमितीलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र सम्बन्धी नवनिर्वाचित संघसंस्थालाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरो भएको बताए । उनले यस्ता कार्यक्रमले सबै संघसंस्थालाई एक ढिक्को भएर अगाडि बढ्न मद्दत मिल्ने धारणा राखे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.