सम्भावना बोकेका कलाकार प्रकाश भुजेल ‘बिहे पास’ बाट आशाबादी



काठमाडौँ। ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनय बिधामा ग्राजुएसन गरेका प्रकाश भुजेल अभिनित चलचित्र ‘बिहे पास’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ५० भन्दा बढी सर्ट फिल्महरुमा अभिनय गरेर खारिएका कुसल र इमान्दार कलाकार भुजेलले अभिनय गरेको चलचित्र ‘बृस्मित’ दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्सन भइसकेको छ ।

उनले गाँजा बाजा, गल्छेडो , चिनी कम रङ कडा , लाल पुर्जा आदि चलचित्रहरुमा कुशल अभिनय गरेर प्रसंशा बटुलीसकेका छन । टेलिभिजनमा आउने विभिन्न बिज्ञापनहरुमा समेत अभिनय गरिसकेका प्रकाश भुजेलले ‘बिहे पास’ मा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

प्रबेश पौडेल निर्देशीत चलचित्र ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । चलचित्रको प्रचार प्रसारमा आफ्नो तर्फबाट सक्दो प्रयास गरि रहेको भुजेलले बताए। सिनेमा घरमा गएर दर्शकले मनोरंजन गर्ने भएकोले चलचित्र ‘बिहे पास’ दर्शकको मनमा बस्न सक्ने उनले बताए।

चलचित्र ‘बिहे पास’ को प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको चलचित्रको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.