सत्यकलाको ‘तिम्रो यादले रोगी बनायो’ फिमेल भर्सन सार्वजनिक



काठमाडौँ। मोडल तथा गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ को भिडियो ‘एएमएस ईन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता अधिकारीको स्वर तथा बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । बादल थापाको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ को सफलतापछी अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सन तयार गरिएको सत्यकलाले जनाएकी छिन्।

बिक्रम चौहानको कथा निर्देशन, मिलन विश्वकर्माको सम्पादन, प्रकाश खड्काको छायांकन, संगीता परियार र गेलु तामाङको निर्माणमा तयार पारिएको उक्त म्युजिक भिडियोमा सत्यकलाले आफ्नो बेजोड शब्दको साथमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छिन् । अभिनयमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.