संचारकर्मी कृष्णा ताम्राकारको निधन



काठमाडौं । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण सम्बन्धी कार्यक्रम सन्चालन गरेकी थिइन् । यही कार्यक्रमबाट उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् । उनलाई २०७४ सालमा सूचना तथा सञ्चार मन्त्रालयले वरिष्ठ पत्रकार सम्मानसमेत प्रदान गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.