सचिन र बेनिषाको ‘मरिहत्ते’(भिडियो)



काठमाडौँ। गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ।

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ। निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए। समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु।’ गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन्।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्य समस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ।