चलचित्र कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी



काठमाडौं । चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुने निर्वाचनका लागी शनिबार कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दर्ता गरेका छन् ।

सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन(डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा(बाबा), तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् ।

सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेलले उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.