‘कबड्डी ५’मा उही कलाकार, नयाँ कथा



काठमाडौँ। निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘कबड्डी ४’ लाई उनले अन्तिम च्याप्टर बताएका थिए । निर्माणपक्षले चाडै नै ‘कबड्डी ५’को घोषणा गर्दैछ । यो चलचित्रमा पनि ‘कबड्डी’ सिरिजका मुख्य कलाकारहरु दयाहाङ राई, वुद्दि तामाङ र बिजय बराल नै मुख्य कलाकार हुनेछन् ।

तर, यसपटक भने नयाँ कथाको सुरुवात गर्ने तयारी रामबाबुको छ । चौथो सिरिजमा दयाहाङको बिहे गराएपछि च्याप्टर सकिएको थियो । अब, पाँचौ श्रृङ्खलाका लागि भने नयाँ कथा भन्ने तयारी रामबाबुको छ । उनीहरुले ‘कबड्डी ५’लाई ‘उही कलाकार तर नयाँ च्याप्टरको सुरुवात’को रुपमा ब्याख्या गर्ने तयारी समेत गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.