प्रिमियरमा तारिफ पाएको जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’ आजबाट हलमा



नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट प्रदर्शनमा आएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले आफ्नो देशव्यापी प्रदर्शन शुक्रवारदेखि आरम्भ गरेको हो ।
डा. भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशनमा बनेको हो ।

रोमान्टिक–कमेडी जनरामा निर्माण चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ । फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा सवा २ घण्टा लामो यस चलचित्रले पेश गर्छ ।

गत मंगलवार गरिएको प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट ‘ह्यारी कि प्यारी’ले राम्रो प्रतिक्रिया पाएको थियो ।

जितुले सोलो रुपमा लिड भूमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.