पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’लाई यूनिभर्सल सर्टिफिकेट



काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले सोमबार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको हो ।

यूनिभर्सल सर्टिफिकेट पाएसँगै जुनसुकै उमेरका दर्शकले यो चलचित्र हेर्न पाउनेछन् ।

रमेश एमके पौडेलको डेव्यु निर्देशकीय यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी छ ।

प्रेमकथामा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो । ‘महापुरुष’यता कुनै नेपाली चलचित्रले हलमा दर्शक तान्न नसकिरहेको अवस्थामा ‘तिम्रो मेरो साथ’लाई लिएर आशा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.