शोभित बस्नेतको ‘जय हो’ फिल्ममा अर्पण थापा अनुबन्धित



काठमाडौं । निर्माता एवं निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापा फाइनल भएका छन् ।

सोमबार निर्माण कम्पनी सलोन–सलिना फिल्मस र अभिनेता थापाबीच लिखित सम्झौता भएको हो । चलचित्रमा सलोन बस्नेतको पनि शीर्ष भूमिका रहनेछ । चलचित्रलाई टेक पौरखी राईले निर्देशक गर्नेछन् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने चलचित्रलाई काठमाडौं, पोखरा र मुस्ताङमा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको चलचित्र एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, सौरभ लामाको छायांकन रहनेछ ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । चलचित्रमा रामजी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.