चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक



काठमाडौँ। निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा सबै जसो मुख्य कलाकारहरु अटाएका छन् । विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन् ।

चलचित्रमा विपिन र अरुणासंगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ ।

जोश हेरुमको छायांकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा मणिराम पोखरेल कार्यकारी निर्माता र मनिष ढकाल निर्माता रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.