प्रदर्शनको ५१ औं दिनमा ‘महापुरुष’ : कमाइ कति ?



काठमाडौं । हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म आज (शनिबार) गौरवमयय ५१ औं दिनमा प्रदर्शनरत छ ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म राजधानीसहित मोसफलका हलहरुमा पनि अझै प्रदर्शनरत छ । ‘महापुरुष’ वर्ष २०७९ मा ५१ दिन मनाउने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो ।

प्रौढ पुरुषको एक्लोपनलाई मुख्य कथा बनाएको फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ ।

फिल्मले प्रदर्शनको ५१ औं दिनसम्म आइपुग्दा ११ करोड रुपैयाँ हाराहारी ग्रस कलेक्सन गरेको निर्माण टिमले जनाएको छ । वर्ड अफ माउथ बलियो भएका कारण फिल्म लामो समयसम्म चल्न सफल भएको हो ।

म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्ममा रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता हुन् । फिल्मले विदेशमा समेत राम्रो व्यापार गरेको छ ।