‘प्रेमगीत’ निर्माता सेनलाइ निर्माता संघमा उजुरी,चार करोड चौरासी लाख फिर्ताको माग



काठमाडौँ। चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आर्थिक लेनदेनको बिषयमा निर्माता संघमा उजुरी परेको छ। निर्माता सेन र उनको निर्माण कम्पनि आसुसेन फिल्म्स प्रोडक्सनको नाममा दक्षीण सिक्किम भारत घर भई हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका राम गोपाल राईले निर्माता संघमा लिखित उजुरी दिएका छन्।

राईले निर्माता सन्तोष सेन संग चार करोड चौरासी लाख पचास हजार रुपैयाँ उठाई पाउँ भन्दै निर्माता संघमा उजुरी दिएका हुन्। राइले निवेदनमा लेखेका छन् उनको र सेनको भेट २०७६ सालमा काठमाडौँमा भएको थियो। निर्माता सेन र राइबीच २०७७ साल असोज महिनामा भएको सम्झौता अनुसार चलचित्र प्रदर्शन पश्चात सेनले आफुले मिलाउनु पर्ने कारोबार नमिलाएको निवेदनमा उल्लेख छ। बारम्बार फोनमा ताकेता गर्दा सम्पर्क नगर्ने,कल नउठाउने घर जाँदा पनि नभेट्ने र आफ्नो रकम दुषित नियतले फिर्ता नगर्ने मनसाय राखेको राइले निवेदनमा लेखेका छन्।

आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह सहनिर्माण छ । यो चलचित्र असोज ७ गतेबाट नेपाल र भारतसहित विश्वव्यापी रुपमा प्रदर्शनमा आएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.