चलचित्र ‘गुञ्जन’को पहिलो गीत सार्वजनिक,रोमान्टिक बने सारा र प्रितम



काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रबिषा अधिकारी र आरिफ राउफको रहेको छ। सन्तोष पोखरेलको शब्द रचना रहेको गीतमा संगीत करण राज कार्कीको रहेको छ। ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत गीत भिडियो सार्वजनिक गरिएको छ।

सांगीतिक प्रेमकथामा आधारित चलचित्रलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । द्धन्द्ध निर्देशक रहेका महर्जनको यो डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रमा सारा श्रीपाइली, कबीर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल,हिउँवाला गौतम,रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.