संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडरमा नियुक्त



काठमाडौं। संचारकर्मी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन्। भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रालीका लागी नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी हुन्। श्रेष्ठ यस कम्पनीका लागि गत बर्षदेखि ब्राण्ड एम्बासडरको रूपमा आबद्ध छिन् । श्रेष्ठ ब्राण्ड एम्बासडर भएसँगै नन्दिनी हर्वल केयरबाट उत्पादित सौन्दर्य सामाग्रीको प्रचार प्रसारमा सक्रिय छिन्। पहिलो बर्षको श्रेष्ठको सक्रियता कारण दोश्रो बर्ष पनि श्रेष्ठलाई दोहोर्याएको कम्पनीले जानकारी दिएको छ। बिना श्रेष्ठ लामो समय देखि टेलिभिजनमा कार्यरत छिन्।

श्रेष्ठले कुशलताका साथ कार्यभार सम्हालेकै कारण पुन: उहाँलाई एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको नन्दिनी हर्वलका प्रबन्ध निर्देशक हितेस लिम्बानीले बताए।

त्यस्तै टेलिभिजन कार्यक्रम, ब्यूटी प्याजेन्ट, टिकटक, फेसबुक लगायत प्राय सामाजिक सञ्जालहरुमा एनप्लस प्रोफेसनलका प्रचार प्रसारमा ब्राण्ड एम्बासडरको भूमिका महत्वपूर्ण रहेकाले पनि बजार विस्तारमा टेवा पुगेको एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.