राजु गिरीको ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित


काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । नम्रताले स्क्रिप्ट र चरित्र राम्रो लागेपछि सिनेमा साइन गरेको बताउँछिन् ।

आमेश र नम्रताका अलवा राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने सिनेमाका लागि अन्य केही कलाकार चाँडै छनोट गरिने निर्देशक गिरीले बताए । आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । हालै लेखक शिवम् अधिकारीले स्क्रिप्ट तयार गरेर निर्देशक गिरी र निर्माता खातीलाई हस्तान्तरण गरेका थिए।
७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुने बताइएको सिनेमामा निर्माता खातीकै कथा तथा गीत लेखन रहेको छ भने सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । लमजुङ, हेटौंडा र काठमाडौँमा सिनेमाको छायांकन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.