जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ माघ २० मा रिलिज हुने


काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको फिल्म ‘ह्यारीकी प्यारी’माघ २० गते प्रदर्शनमा आउने भएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर उनी अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन् ।

सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी नै देख्न सकिन्छ । पोस्टरमा जीतु र साम्राज्ञी साइकलमा माइकिङ गर्दै हिँडेको देख्न सकिन्छ । साइकलमा माइकलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके समेत राखिएको छ । पोष्टरले दर्शकका उत्सुकता जगाउने देखिन्छ ।
यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्।

कमेडी जनरामा निर्माण भएको सामाजिक पारिवारिक फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ। सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.