विनोद चौधरीको लागी मागे अभिनेता प्रदीपले भोट


काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नवलपरासी ब.सु.प क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनोद चौधरीलाई भोट मागेका छन् ।

मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरू पुगेका थिए भने उनीहरूसँगै प्रदीप खड्कालाई पनि अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।

चौधरीले आफ्नो फेसबुकमा राखेको तस्बिरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । उनले चौधरीलाई जिताउन त्यहाँका स्थानीयहरूलाई आग्रह गरेका छन् । विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् । चौधरी ग्रुपको एक विज्ञापनमा काम गरेपछि प्रदीपको वरुण र चौधरी परिवारसँग घनिष्ठता बढेको थियो । चाँडै चौधरी ग्रुप नेपाली फिल्म निर्माणमा पुनरागमन गर्ने तयारीमा छ, जसमा प्रदीप मुख्य भूमिकामा रहने बताइन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.