अमिताभ बच्चनले हात जोडेर फिल्म हेर्न आग्रह


काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो ‘शो कोन बनेगा करोडपति’ मा दुई हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका छन् । अमिताभ लगायत अन्य कलाकार नीना गुप्ता, बोमन इरानी अनुपम खेर ,परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनीत फिल्म ‘उचाई’कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। कृपया हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन्। म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस्,’ उनले भने। यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हो। फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हो।

Copyright © 2012 - 2026 | All Right Reserved.