‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने अवसर



काठमाडौँ। पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू सिनेमाले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।

सिनेमाको यो गीतले यूट्यूबमा रिलिज भएको ७ दिनमा १ मिलियन भ्यूज पार गरेको थियो। यस प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ।

सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ। यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ।यो प्रतियोगिता सिनेमाका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ। सिनेमामा कुल ३ वटा गीत रहेका छन्।

रूमालै बाटेर टाई बनाम बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ। सिनेमामा साम्राज्ञी तथा पुष्पको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन९खबपु० आदिको मूख्य भूमिका रहेको छ। सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले संयूक्तरुपमा लेखेका हुन्।

आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह(निर्माताका रूपमा रहेका छन्।यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.