‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति सर्‍यो



काठमाडौँ। चलचित्र ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति सरेको छ। यसअघि कात्तिक २५ मा सार्वजनिक हुने भनिएको चलचित्र अब माघ २० बाट प्रदर्शनमा आउनेछ।

चुनावले गर्दा चलचित्रको प्रदर्शन मिति सारिएको निर्माण टिमले जनाएको छ। कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन्। निर्देशक रिजालको कथा, सुदीप बरालको पटकथा र संवाद रहेको चलचित्रमा जितु ह्यारी र साम्राज्ञी प्यारी बनेकी छन्।

काठमाडौँ, पोखरा, पर्वत, चितवनलगायत ठाउँमा छायांकन भएको चलचित्रमा जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ। गिरिराज घिमिरे चलचित्र मुख्य सहायक निर्देशक हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.