मुकुन र बेनिषाको ‘बिजुली च्याप्टर १’ अडिसनकल



काठमाडौँ। केहि समय अघि औपचारिक निर्माण घोषणा गरिएको चलचित्र ‘बिजुली च्याप्टर १’ लागी केहि कलाकारहरुको लागी अडिसन कल गरिएको छ । आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ बर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ।

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा पाइला चाल्न लागेका हुन्। बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भई सकेका छन् अब बाँकी कलाकार अडिसनबाट छानिने छ ।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन माघबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ। हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक शंकर धिताल,मुख्य सहायक निर्देशक आयुष बिसी,प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन्। चलचित्रको पोस्टर डिजाइन ट्राईडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। चार युग सत्य,त्रेता,द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए। ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.