कंगना सांसद बन्न चाहन्छिन्, बीजेपीले चाहेमा चुनाव लड्ने



एजेन्सी। बलिउडकी क्वीन कंगना रनौत लोकसभा सांसद बन्न चाहन्छिन्। भाजपाले चाहेमा चुनाव लड्ने उनले खुलाइन। कंगनाले हिमाञ्चल प्रदेशको मण्डी सिटलाई चुनाव लड्न पहिलो रोजाइ भएको बताएकी छन् । कंगनाले एक मिडिया ग्रुपको कार्यक्रममा यी कुरा भनेकी हुन् । कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहानुहुन्छ कि मौका पाए आउन चाहनुहुन्छ ? यसको जवाफमा कंगनाले भनिन्– उनी राजनीतिमा कुनै पनि हिसाबले क्लोज एन्डमा छैनन् । यस्तो अवस्थामा उनी आफैंलाई मौका दिन सक्छिन्। यदि हिमाञ्चलका जनता र बीजेपीले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मंडी सिटबाट आगामी लोकसभा चुनाव लड्न सक्छन् ।

यस कार्यक्रममा कंगनाले फिल्ममा मात्र नभई राजनीतिक विषयमा पनि आफ्नो धारणा राखिन् । उनले देशको वर्तमान राजनीतिक अवस्था र भविष्यका बारेमा पनि कुराकानी गरेका थिए । कंगना सधै आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनले करण जोहरमाथि चर्को आरोप लगाएका थिए । कंगना सधै आफ्नो बयानका कारण चर्चामा रहन्छिन् । सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनले करण जोहरमाथि चर्को आरोप लगाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.