प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न



काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए । झन्डै डेढ करोड लागतमा बनेको चलचित्रमा कलाकार विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित बिशाल पहाडी, कृष्णभक्त महर्जन,एवन राज उप्रेती, त्रिचु राई,श्याम राई,धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई,पासाङ्ग टि शेर्पा,सन्तोष लामा,सरोज कुमाल,अनु मगर,रेश्मा श्रेष्ठ,सस्मिता र दिग्गज लगायतको अभिनय रहेको छ।

सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ। चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’प्रर्दशन भइसकेको छ । लामो समय देखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ्ग सिकेर आएका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.