नेपाल नेटवर्क टेलिभिजनमा नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर



काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो। हरेक हप्ता एक वटा पुरानो चलचित्र र महिनाको एक वटा नयाँ चलचित्र हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेट फर्ममा रिलिज नगरिएको चलचित्र प्रशारण गर्न लागिएको डिएआर मुभिजका निर्देशक श्याम धितालले जनाए। ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली चलचित्र टेलिभिजनमा प्रशारण गर्न लागिएको हो।

नेपाली टेलिभिजन हेर्ने दर्शकले नयाँ नेपाली चलचित्र घरमा नै बसेर निशुल्क हेर्न पाउने यो राम्रो अवसर हो। आगामी तिहारबाट नियमित रुपमा चलचित्र प्रदर्शन गरिनेछ। नेपाल नेटवर्क टेलिभिजनले पहिलो चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शन गर्ने भएको छ। केहि महिना अघि मात्र सिनेमा घरमा प्रदर्शनमा आएको सौगात मल्ल,अनुप बिक्रम शाही,शिव श्रेष्ठ,अर्पण थापा स्टारर चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शन गरिने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.