सत्यमोहन जोशीको अवस्था चिन्ताजनक



काठमाडौँ। वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.