दीपक दीपाको ‘छक्का पञ्जा–४’ फागुन १९ मा



काठमाडाैं। दीपकराज गिरी र दीपाश्री निरौला टिमको चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । दीपकराज गिरीले फेसबुकमा लेख्दै फागुन १९ गते चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका हुन्। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भईरहेको ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरिरहेका छन् ।‘छक्का पञ्जा’का यसअघिका तीनवटै शृंखला भने दीपाश्रीले निर्देशन गरेकी थिइन् ।

चलचित्रको छायाँकन अझै १० प्रतिशत बाँकी रहेको र सम्पादनको काम पनि चलिरहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहनेछ । दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् । फागुन १९ गतेकै लागि मिलन चाम्सको चलचित्र’वर एण्ड वधु’,बुलाकी र परस्त्रीले केहि समय अघि नै प्रदर्शन मिति तोकी सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.