फिल्ममा डेब्यू गर्दै कविता नेपाली



काठमाडौं । अन्तराष्ट्रिय फ्रेन्चाइज डान्सिङ रियालिटी शो ‘बुगी वुगी’की विजेता कविता नेपालीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

विभिन्न डान्सिङ रियालिटी शोमा सक्रिय कविताले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘फुटेका चुरा’ लगायतका थुप्रै हिट गीतको भिडियोमा कविताको दमदार नृत्य हेर्न सकिन्छ । उनै, कविताले ‘सायरा’मार्फत फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् । मंगलवार मात्रै राजधानीमा एक कार्यक्रमकाबीच भारतीय र नेपाली निर्माताको लगानी रहने फिल्मको घोषणा गरिएको हो । फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो ।

हिन्दी भाषामा भारतमा पनि प्रदर्शन हुने भनिएको फिल्म घोषणा कार्यक्रममा बोल्दै कविताले टिमले आफूलाई विश्वास गरेर फिल्ममा जोडिन मद्धत गरेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन् ‘म राम्रो डेब्यूको खोजिमा थिएँ । भनेझैँ टिम पाउँदा डेब्यू गर्ने भएकी हुँ । भूमिका पनि सुहाउँदो छ ।’ दशैं–तिहारको बीचमा छायांकन शुरु हुने ‘सायरा’को ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ ।

यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । फिल्ममा अभिनेता आर्यन सिग्देल, भारतीय मोडल सुफिया सिद्दिकीसँगै कविता नेपाली पनि शीर्ष भूमिकामा देखिन लागेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.