‘महापुरुष’ फिल्मको पोष्टर : निर्माण टिमले चिनायो नयाँ अभिनेता



काठमाडौं । ‘मह जोडी’ अर्थात अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’को नयाँ पोष्टर सार्वजनिक गरेको छ । मंगलबार निर्माण टिमले नयाँ पोष्टरसँगै डेब्यू अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’ सार्वजनिक गरेको हो ।

सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेका छन् भने उनको पछाडि हरिवंश छन् । बाइक ब्रेकरमा उचालिएको छ । बाइक उचालिँदा हरिवंशले हरुणको ज्याकेट समातेका छन् भने उनको टोपी पनि भुइँमा खस्दै गरेको पोष्टरमा देख्न सकिन्छ ।

फेसबुकमा पोष्टर सार्वजनिक गर्दै चलचित्रका लेखक एवं निर्देशक प्रदीप भट्टराई लेख्छन्, ‘ महापुरुषका हाम्रो नायक अरुण क्षेत्रीलाई तपाईहरु माझ चिनाउन ल्याएका छौँ । मलाई विश्वास छ, हाम्रो गीत, ट्रेलर अनि सिनेमा हेरेपछि तपाईहरुले भन्नुहुनेछ नेपाली सिनेमाले एउटा राम्रो चाहिने मान्छे पायो भनेर । अरुण तिमी असल छौ, इमान्दार छौ, मेहेनती छौ, सिनेमा बुझेको छौ । तिमीले यो सबैको फल पाउने दिन कार्तिक ११ । ‘महापुरुष’ चलचित्र कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्टबाट प्रदर्शन हुँदैछ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा महजोडी र अरुणासहित गौरी मल्ल, अन्जना बराइली, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने निर्माता म्याक्स दीपेश खत्री छन् ।

चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.