‘दुई नम्बरी’ फिल्मको टिजर रिलिज



काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रले पूर्वनिर्धारित प्रदर्शन मिति कात्तिक ४ लाई हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिसकेको छ ।

नयाँ प्रदर्शन मिति तोकेकै दिन मंगलवार निर्माण टिमले चलचित्रको टिजरसमेत सार्वजनिक गरेको हो । ‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

दुई साथीको मित्रताको कथामा कमेडी जनरामा यो चलचित्र निर्माण भएको हो । सार्वजनिक टिजरमा दयाहाङ र सौगातको मित्रतालाई देखाइएको छ । चलचित्रमा सौगातको जोडी उपासनासँग बाँधिएको छ भने दयाहाङको जोडीका रूपमा उगेन छिन् । उनीहरूबीचको प्रेमलाई समेत टिजरमा चित्रण गरिएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.