चेत र रचनाको मन बिग्रिएकै हो त ? (भिडियो)



काठमाडौँ। गायक तथा मोडल चेत बहादुर बुढाथोकी र रचना रिमालको स्वरमा रहेको ‘मन बिग्रने त्यति खेर’हो बोलको रमाइलो गीतको भिडियो सार्वजनिक गरिएको छ। चेत बहादुर बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयम् बुढाथोकीको साथमा बिना बिस्वकर्मा र अस्मिता रनपाल फिचर्ड छन्। कमल सौरागको संगीत संयोजन रहेको गीत रमाइलो बनेको छ।

गोकुल कुमारी श्रेष्ठको निर्माणमा बनेको भिडियोको निर्देशन चेत बहादुर बुढाथोकीले गरेका हुन् । सन्देश रिमालको कोरियोग्राफी रहको भिडियोमा दिनेश पराजुलीको छायाँकन,पदम सुवेदीको सम्पादन र मिलन बिस्वकर्माको रंग संयोजन रहेको छ। गत साता सार्वजनिक भिडियोलाई झन्डै एक लाख भ्युज मिलेको छ। हेर्ने जति दर्शकले भिडियोमा उत्कृस्ट कमेन्ट गरेका छन्। ‘पछिल्लो समय यु ट्युब च्यानलमा सोचेको जस्तो भ्युज नगए पनि दर्शकको प्रतिक्रियाले सन्तुस्ट छु’ गायक बुढाथोकीले भने। गीतको भ्युज जानु नै सफलता होइन आफुलाई सन्तुस्ट मिल्नु पनि हो उनले थपे।

Copyright © 2012 - 2026 | All Right Reserved.