हिट यी फिल्मी गीत : व्यापारमा फाइदा पुर्याउलान् ?



काठमाडौं । प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कृष्ण लीला’को गीत हो ।

भदौं १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ पनि चर्चामा छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको यो गीतले युट्युबमा ५८ लाख बढी भ्युज पाइसकेको छ । टिकटकमा समेत यो गीत हिट बनेको थियो । भदौं १७ मै प्रदर्शनमा आउने अर्को चलचित्र ‘झिंगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत पनि निकै चर्चित बन्यो । शान्तीश्री परियार र प्रविन बेडवालको स्वर रहेको गीतमा लाखौंले टिकटक बनाए । युट्युबमा समेत गीतको भिडियोले राम्रो भ्युज पायो । अन्य चलचित्रका केही गीतहरू समेत स्रोता/दर्शकले रुचाइरहेका छन् ।

चलचित्रको गीत हिट हुँदा व्यापारमा फाइदा पुगेका उदाहरणहरू यसअघि थुप्रै छन् । उसो त, गीत हिट भएर पनि चलचित्र नचलेका उदाहरणहरू पनि नभएका होइनन् । तर, अब ‘ए मेरो हजुर’, ‘जरुरी कुरा छ’, ‘आगो बिना बिँडी जल्दैन’ लगायतका गीतले सम्बन्धित चलचित्रको व्यापारमा फाइदा पुर्याउला/नपुर्याउला ? त्यसका लागि चलचित्रको रिलिज कुर्नुको विकल्प छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.