भुवन केसीले गरे पदभार ग्रहण


काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान बोर्डको कार्यालय चाबहिल पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनलाई चलचित्र विकास वोर्डका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए । बोर्ड परिषरमा पूजाआजपश्चात केसी कार्यकक्षमा प्रवेश गरेका थिए ।

पदभार ग्रहणसंगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले चलचित्र क्षेत्रका समस्याहरु आफूले लामो समयदेखि झेल्दै आएको र ति समस्याहरु समाधाका लागि आफू बोर्डमा आएको बताए । उनले छिट्टै विशेष कार्यक्रम गरेर स्पटब्वाईदेखि कलाकार, निर्माता–निर्देशक सबैका समस्या सुन्ने बताए । चलचित्र क्षेत्रका समस्याहरुलाई केलाएर काम गर्ने आफ्नो योजना रहेको सुनाए । अध्यक्ष केसीले आफूले तन मन र बचनले चलचित्र क्षेत्र र चलचित्रकर्मीहरुको उत्थान र विकासका लागि काम गर्ने बताए ।

उनले भने, ‘चलचित्र क्षेत्रमा धेरै कामहरु गर्न पाए हुन्थ्यो । बाँचुञ्जेल चलचित्र क्षेत्रमा समर्पित हुन पाए हुन्थ्यो । म भन्दा पछि आएका कलाकारहरुलाई सपोर्ट गर्दै, म भन्दा अग्रजहरुलाई सम्मान गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउने हिसावले यहाँ आएको हुँ ।’

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । नेकपा एमालेमा रहेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेशसँगै केसीलाई बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.