‘प्रेमगञ्ज’मा दुई पुस्ताको प्रेम, ट्रेलर रिलिज



काठमाडौं । भदौ ३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको ३ मिनेट ३० सकेन्डको टे«लरमा दुई पुस्ताको प्रेमकथा देखाईएको छ ।

परिच्छेद सेनको कथा, पटकथा एवं निर्देशनमा तयार भएको ‘प्रेमगञ्ज’मा बेनिशा हमाल र तेज गिरीको शीर्ष भूमिका रहेको छ । साथमा सम्पदा बानियाँ, राइडर प्रधान, सुप्रिया खनाल र सिमरन खड्का लगायतको शीर्ष भूमिका छ ।
अभिनेत्री सुरक्षा पन्त चलचित्रमा अतिथि भूमिकामा छिन् । ट्रेलरमा समेत सुरक्षालाई स्थान दिईएको छ ।

चलचित्रले मुख्यतयाः नायिका बेनिशा र अभिनेता तेजबीचको प्रेमकथा भन्छ । प्रेमीलाई पर्खिएर हरेश खाएपछि जीवनलाई नयाँ मोडमा पुर्याएकी मैना पात्रको भूमिकामा बेनिशा छिन् । चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाइली, पवन भट्टराई लगायतका कलाकारको समेत अभिनय छ ।

संजय लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्माता किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछाने हुन् ।